जुम्ल्याहा लव-कुशले बनाए कोरोना बिरामीलाई सेवा दिने रोबोट

सेतोपाटी

काठमाडौँ

भगवती पाण्डे

एक महिनाअघिको एक रात जुम्ल्याहा भाइसँगै सुतिरहेका लब झल्याँस्स ब्युझिए।

कोल्टे फेरेर निदाइरहेका कुशलाई कोट्याए। गहिरो निद्रामा रहेका कुश चल्मलाए उठेनन्। भाइलाई थप जगाउन लवको मनले मानेन। मनमा अनेक तर्कना खेलाउँदै पल्टिइरहे।

उनलाई जगाएको सपनाले फेरि निदाउन दिएन।

विश्वभर फैलिएको कोरोनाभाइरका बिरामी नेपालमा पनि थपिइरहेका छन्। संक्रमितहरूको संख्या थपिइरहँदा संक्रमितलाई राख्ने आइसोलेसन अस्पताल, उपचार गर्ने चिकित्सक, स्याहारसुसार र औषधी खुवाउने स्वास्थ्यकर्मीहरूको अभावका समाचार उनीहरू पनि दिनदिनै पढ्छन्।

प्रकाशित मिति: : 2020-06-07 12:34:12

प्रतिकृया दिनुहोस्