रौतहटमा थप १० जना कोरोना संक्रमित भेटिए

रौतहटमा सोमबार थप १० जना कोरोना संक्रमित भेटिएका छन्।

रौतहटको परोहा नगरपालिकामा ५, गढीमाई नगरपालिकामा ४ र इशनाथ नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ।

यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ।
संक्रमण पुष्टि भएका सबै भारत बाट फर्किएर हाल क्वारेन्टाइनमा बसेका नेपालीहरु रहेका छन्। 

प्रकाशित मिति: : 2020-06-08 15:39:02

प्रतिकृया दिनुहोस्