सोमबार एकै दिन थपिए ३१४ संक्रमित, कुल संक्रमितको संख्या ३७६२ पुग्यो

नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ३७६२ पुगेको छ । सोमबार एकै दिन ३१४ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संख्या थपिएको जानकारी दिएका हुन्। आज संक्रमित मध्ये २९४ पुरुष र २० जना महिला छन् ।

यसैगरी, आज थप एक जना संक्रमितको मृत्यु पुष्टि भइसकेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले १४ जना संक्रमितको मृत्यु भइसकेको जानकारी दिएका हुन्।

प्रकाशित मिति: : 2020-06-08 16:25:30

प्रतिकृया दिनुहोस्