भरतपुरमा एक नर्ससहित थप ७ जनामा कोरोना पुष्टि

बिएल संवाददाता

काठमाडाै‌ं

भरतपुरमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ, संक्रमितमध्ये एक जना भरतपुरकै एक अस्पतालकी १९ वर्षीय नर्स हुन्। 

सोमवार संक्रमित भएकामध्ये भरतपुर महानगरपालिका वडा २८ का दुई जना पुरुष रहेका छन्। 

उनीहरु १७ र ३५ वर्षका रहेका छन्। 

यसैगरी वडा २० का २३ वर्षे पुरुष वडा २७ का ३५ वर्षे पुरुष र १९ वर्षीया महिला, वडा १९ का १९ वर्षे पुरुष र वडा ११ का २३ वर्षे पुरुष रहेका छन्।

यसअघि नारायणी अस्पताल प्रालिका चिकित्सकसहित दुई चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो। एक चिकित्सकले भने कुनै अस्पतालमा काम गरेका थिएनन्।

भारतपुरमा यसअघि ४ जना अस्पतालका बिरामीमा पनि कोरोना पुष्टि भएको थियो।
 

प्रकाशित मिति: : 2020-06-08 20:12:09

प्रतिकृया दिनुहोस्