कानेपाेखरी सडककाे काममा एक वर्ष ढिलाइ, पुन: थपियाे म्याद

मोरङको रंगेलीस्थित कानेपोखरी सडकखण्डको निर्माण कार्य सम्झौता भन्दा एक वर्ष काममा ढिलाइ भएको छ।  

लामा डाँफे द कञ्चनजङ्घा कन्ट्रसनले कानेपोखरीदेखि दर्वेशा चोकसम्म कालोपत्रेको काम सम्पन गरेता पनि अझै ५ किलोमिटर सडक निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।  

लामा डाँफे द कञ्चनजङ्घा कन्ट्रसनले २०७४ असार ६ गते कूल खर्च  ७० करोड २४ लाख ३१ हजार ६ सय ७९ रुपैयाँमा सडक निर्माणको लागि ठेक्का पाएको थियो।


 
उक्त काम २०७६ असार ५ गते सबै कालोपत्रे गरि सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएता पनि २०७७ जेठ २८ गते भइसक्दासमेत निर्माण सम्पन्न हुन सकेको छैन । काममा ढिलाई हुँदासमेत सम्बन्धित निकाय बेखवर बनेको  छ।   

कानेपोखरीदेखि नेपाल–भारत को सिमानामा रहेको चोप्राहासम्म २५.४ किलोमिटर लम्बाई निर्माण योजनामा रहेको छ। विभिन्न कारणले गर्दा काममा एक बर्ष काममा ढिलाइ भएको लामा डाँफे द कञ्चनजङ्घा कन्ट्रसनका प्रोजेट कन्ट्याक प्रमुख प्रविण शेर्पाले बताए। 

पुनः कामको  समय थप गरि काम सुरु गरेको र असार मसान्तसम्म सम्पूर्ण काम गरि सकिने उनले बताए । 
 

प्रकाशित मिति: : 2020-06-10 16:12:06

प्रतिकृया दिनुहोस्