ओलीविरुद्धको प्रदर्शन, भारतीय मिडियालाई थप मसला

बिएल संवाददाता

मुम्बई,हिन्दी ब्यूराे

नेपाल–भारत सीमा विवादपछि भारतीय मिडिया नेपालविरुद्ध बिभिन्न अफवाह फैलाइरहेका छन्। लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे उत्पन्न विवादलाई भारतीय राजनीतिक बृत्त र मिडियाले सकारात्मक तवरले बुझ्ने वा समाचार प्रकाशन गर्ने चेस्टासमेत गरेको देखिदैन। उल्टै, नेपालसँग चिनियाँ पक्षलाई जोडेर स्रोतको हवाला दिँदै आरोपहरु थ्रुपार्ने प्रयास जारी छ। 

सांसद सरिता गिरीले नेपालको राष्ट्रिय एकताविरुद्ध बोल्दा नेपालमा आलोचना भएपनि भारती मिडियामा  भने राम्रै स्थान पायो। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयविरुद्ध उनकै सांसद, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो भन्ने थप प्रमाण नभएको गिरीको भनाई राखेर विभिन्न तोड्मोडसहितका हेडलाइन भएका थुप्रै समाचार प्रकाशित छन्।

संसदमा नेपाली राजनीतिक पार्टीहरुको एकताले चुपचाप भारतीय मिडिया सांसद गिरी र बालुवाटार प्रदर्शनले पुनः तातिन थालेका छन्। नेपालमा सरकारबिरुद्धको बिरोध स्वास्थ्य सामाग्री खरिद पारदर्शी हुनुपर्ने, आरडीटी रोकेर पीसीआर टेष्ट गर्नुपर्ने, कर तिर्न ताकेता खारेज गर्नुपर्ने लगायतका मागसँग सम्बन्धित छ। यता, प्रधानमन्त्री ओलीको अलोकप्रियता ढाकछोप गर्न सरकारले नयाँ नक्सा जारी गरेपछि सरकारबिरुद्ध आन्दोलन सुरु जस्ता तथ्यहिन कुराहरु मिडियाले सन्देश दिन खोजेका छन्।

नेपालमा ८१ दिनदेखि लकडाउन जारी छ। संकटमा पनि सरकारका जिम्मेवार मन्त्री वा अधिकारीहरु भ्रष्टाचारमा मुछिएका आरोपहरु लागेको सत्य हो। तर, सरकारविरुद्ध प्रदर्शनको अर्थ भने भारतीय मिडियामा तोडमोड गरेर प्रशारित भइरहेको छ। 

नेपाल सरकार कोरोना भाइरस नियन्त्रण गर्न पूर्णरुपमा असफल भएपछि नक्सा राजनीति गरेको भन्दै युवाहरु ओलीविरुद्ध सडकमा आएका समाचारहरु भारतीय मिडियाका लागि थप मसला बनेको छ। प्रधानमन्त्री ओलीको अपादर्शी सरकारी नीति र युवाहरुको सरकारी काम–कारवाहीप्रति बितृष्णले छिमेकमा भने मूल मुदा लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नयाँ नक्सामा अफवाह फैलाउने स्रोत बनेको छ।

कतिपय मिडियाको भारतमा पनि तिब्र आलोचना हुने गरेको छ। आजतक, जी न्यूज एबीपी, दैनिक भास्कर, अमर उजला लगायत भारतीय कांग्रेस र मुस्लिम समुदायविरुद्ध प्रचारित हुने माध्यम जस्तै बनेका छन्। कांग्रेस त यी मिडियामा पार्टीको तर्फबाट सहभागिता नै नजनाउने निर्णय गरेको छ। कारण, पत्रकार–प्रस्तोता नै भाजपा र आरएसएसकै पक्षमा लाग्छन् र बिपक्षीका मुदा कमजोर बनाउँछन्। यी सामाजिक सञ्जालमा चर्चापरिचर्चा भएपनि भारतीय मूलधाराका मिडिया भने होइनन्। 

टाइम्स अफ इन्डिया, द हिन्दु, हिस्तुस्तान टाइम्स, दैनिक जागरण, एनडीटिभी, द इन्डियन एक्सप्रेस, आउटलुक इन्डिया, बिबिसी हिन्दी लगायत भारतका सर्वाधिक लोकप्रिय र स्वतन्त्र मिडियाहरुका समाचाहरु सन्तुलित नै देखिन्छन्।

प्रकाशित मिति: : 2020-06-12 11:46:00

प्रतिकृया दिनुहोस्