बसन्तपुरमा नारा लाग्यो- १० अर्ब खोइ?

राजधानीको वसन्तपुर क्षेत्रमा युवाहरुले शुक्रबार सरकारको विरोधमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा आएका युवाहरु सामाजिक दूरी कायम गर्ने प्रयासमा पनि थिए । 

मुलुकमा भ्रष्टाचार नरोकिएको, लकडाउन कडा बनाएर जनतालाई कर तिर्न दबाब दिएको भन्दै विरोध प्रदर्शन गरिएको थियो । शुक्रबार (आज) भएको प्रदर्शनमा पनि सरकारविरोधी नारा लगाइएका थिए । सरकारको विरोधमा हिजोदेखि युवाहरुले देशव्यापी प्रदर्शन थालेका छन् । 

‘१० अर्ब खोइ ?’, ‘हामी भोट दिन्छौं, सरकार चोट दिन्छ’ लगायत नारा लगाइएका थिए । हेरौं वसन्तपुरमा सरकारको विरोधमा गरिएको प्रदर्शनका थप तस्बिर :

प्रकाशित मिति: : 2020-06-12 13:31:01

प्रतिकृया दिनुहोस्