ठेकेदारकाे लापरबाहीका कारण हिलाम्मे सडकमा हिँड्डुल गर्न बाध्य (फाेटाेफिचर)

मोरङको रंगेली नगरपालिका ८ स्थित दर्वेशा जोडिने विद्धुत प्राधिकरण अगाडिको सडक अहिले हिलाम्मे भएको छ । रायमाझी /भिमेश्वर जेभी भक्तपुरले १५ दिन अगाडि सडक निर्माणका लागि दायाँ भागमा माटो थुपारेपछि केही दिनदेखिको अबिरल वर्षाका कारण सडक हिलाम्मे भएको हो। 

नेपाल विद्धुत प्राधिकरण अगाडि सडकमा पानी परेपछि केही दिनदेखि  आवतजावतमा निकै समस्या झेल्नुपरेको उमाशंकर चौधरीले बताए । ‘सडकमा रहेको हिलोका कारण साइकल, मोटरसाइकल तथा पैदल यात्रीहरुलाई आवतजावत गर्दा निकै समस्या परेको छ,’ उनले भने,‘ ठेक्केदारको लापरबाहीले गर्दे स्थानीयले जुनसुकै बेलापनि  दुःख गर्नुपर्ने बाध्य छ ।’
  
भौतिक पुर्वधार बिकास मन्त्रालय प्रदेश कार्यलयले कुल ४१ करोड १९ लाख १२ हजार ८ सय ९५ रुपैयाँमा उक्त सडको निर्माणका लागि रायमाझी /भिमेश्वर जेभी भक्तपुरलाई ठेक्का समेत दिसकेको छ। उक्त सडक २०७८ असोज ३० गते निर्माण सम्पन्न गर्ने गरि सम्झौता समेत गरेको छ । 

प्रकाशित मिति: : 2020-06-19 13:03:57

प्रतिकृया दिनुहोस्