चिनिया कम्युनिष्ट पार्टीसँग नेकपाको भिडियो सेमिनार सुरू

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच पार्टी र देश सञ्चालन बारे अनुभव आदान–प्रदान गर्न भिडियो कन्फरेन्समार्फत् छलफल सुरू भएको छ। उक्त कन्फरेन्सको उद्घाटन गर्दै नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने छन् । 
नेकपा स्कुल विभाग उपप्रमुख वेदुराम भुसालले बिएल नेपाली सेवालाई दिएको जानकारीअनुसार, नेकपाको पार्टी स्कुल विभाग र सीसीपीको अन्तर्राष्ट्रिय विभागका बीच छलफल हुन लागेको हो । उनले सीसीपीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले पनि कन्फरेन्सलाई सम्बोधन गर्ने छन् । 

नेकपाका तर्फबाट अध्यक्ष प्रचण्डबाहेक रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेलले सम्बोधन कार्यक्रम रहेको उनले जानकारी दिए। 
यसअघि चिनीया राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि गत कात्तिक महिनामा काठमाडौंको याक एण्ड यती होटलमा दुई पार्टीबीच यस्तै छलफल आयोजना गरिएको थियो। उक्त कार्यक्रमको समापनअघि दुई देशका सत्तारुढ कम्युनिष्ट पार्टीबीच सहयोग र अनुभव आदानप्रदानको सहमति भएको थियो । यो त्यसैको निरन्तरता भएको उनले बताए । 

भारत–चीन सीमायुद्व भइरहेको र भारतले मिच्दै आएको नेपाली भूमि समेटेर नक्सा जारी गरेलगत्तै हुन गइरहेको यो छलफललाई अर्थपूर्ण मानिएको छ । सीसीपीको विदेश विभागसँग कार्यक्रम गरिएको भए पनि नेकपाको विदे विभाग भने बेखबर रहेको छ ।

प्रकाशित मिति: : 2020-06-19 15:33:54

प्रतिकृया दिनुहोस्