रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

साविक विजेता बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ।  

मंगलबार रातीको भएकाे खेलमा एथ्लेटिक बिल्बाओमाथि १-० को जित दर्ता गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएकाे हाे।

निकै प्रतिस्पर्धात्मक खेलमा इभान राकीटिचले दो७१ औं मिनेटतिर गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। र लिओनेल मेस्सीले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गर्न खोजेको बल डिफेनडरलाई लाग्दै फुस्किएपछि राकीटिचले पहिलो टचमा नै गोल गरेका थिए।  

उनकै गाेलमार्फत बार्सिलाेनाले स्पष्ट जित हात पारेकाे हाे। 

यस जितसँगै बार्सिलोनाले लिगको शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ। बार्सिलोनाको ३१ खेलमा ६८ अंक रहेको छ। 

दोस्रो स्थानको रियल म्याड्रिडको ३० खेलमा ६५ अंक छ। बिल्बाओ भने ३१ खेलमा ४२ अंकसहित दशौं स्थानमा छ।

प्रकाशित मिति: : 2020-06-24 05:36:10

प्रतिकृया दिनुहोस्