चेल्सीले सिटीलाई हराएपछि लिभरपुलले उचाल्याे ७ खेल अगाडी नै उपाधि

लिभरपुल इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ।

तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी ल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुलले ७ खेल अगाडी नै उपाधि जितेको हो।

बिहीबार रातीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा भएकाे खेलमा चेल्सीले पहिलो हाफको ३६ औं मिनेटमा अग्रता लिएको थियो।  

क्रिस्टियन पुलिसिचले चेल्सीका लागि पहिलो गोल गरेका थिए। 

दोस्रो हाफको ५५ औं मिनेटमा केभीन डे ब्रुएनले बराबरी गोल फर्काए। 

खेलको ७८ औं मिनेटमा चेल्सीले विलियनको गोलमा पुन: अग्रता लियो।  

भीएआरबाट फर्नान्डीन्होले ह्यान्ड गरेको देखिएपछि रेफ्रीले उनलाई रातो कार्ड दिँदै चेल्सीलाई पेनाल्टी दिएका थिए। विलियनले उक्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए।

जितसँगै शीर्षस्थानको लिभरपुलले ३१ खेलमा ८६ अंक जोड्दै लिग उपाधि पक्का गरेको छ।

दोस्रो स्थानको र सिटीले ३१ खेलमा ६३ अंक जोडेको छ।

 चेल्सीले भने ३१ खेलमा ५४ अंक जोड्दै तेस्रो स्थानको लेस्टरसँगको दुरी १ अंकमा झारेकाे छ।

प्रकाशित मिति: : 2020-06-26 05:45:21

प्रतिकृया दिनुहोस्