के शेर्पा समुदायको डीएनएबाट सम्भव होला त कोभिड –१९ उपचार ?

हिमाल खबर

काठमाडौँ

एक अमेरिकी स्टार्ट–अप कम्पनीले कोभिड–१९ महामारी उपचारमा सहयोगी हुनसक्ने भन्दै नेपालका शेर्पा समुदायको डीएनए अध्ययनको प्रयास थालेकोे छ।

कम्पनीले आफ्नो अध्ययनका लागि उच्च हिमाली भेगमा अक्सिजनको मात्रा कम हुँदा पनि शेर्पाहरु कसरी सहज जीवन यापन गर्छन् भन्ने जिज्ञासालाई आधार बनाएको छ।

भेरियन्ट बायोका अनुसार, यो अनुसन्धानले कोभिड १९ बाट पीडित बिरामीको उपचार गर्न सहयोगी हुनेछ । किनभने भाइरसले फोक्सोलाई प्रभावित गर्छ र रगतमा अक्सिजनको मात्रा घटाउँछ । अर्थात् लेक लागेका मानिसहरुलाई जस्तै हुन्छ।

“कोभिड १९ मा अक्सिजनको कमीकै कारण मानिसको मृत्यु हुनेगर्छ”, भेरिएन्ट बायोका सहसंस्थापक र अनुवांशिकीविद् स्टीफन कास्टलले एक समाचार रिपोर्टमा भनेका छन्, “हुनसक्छ रोगीलाई स्वस्थ राख्ने केही उपाय भेटिनेछ।”

प्रकाशित मिति: : 2020-06-26 07:55:25

प्रतिकृया दिनुहोस्