कोरोना गुञ्जन वाचाल, म अवाक्–अवाक्

रातोपाटी

काठमाडौँ

 

खगेन्द्र संग्रौला 

म तर्सेर बिउँझिएँ  । तन्द्रामा मलाई रमरम चेत भयो— कानमा केही गुनगुन–गुनगुन गरिरहेछ । सम्झेर ल्याउँदा यो परिचित झिँगो होइन । चिनिएको लामखुट्टे पनि होइन यो । आखिर यो हो के त ? आवाज बिरानो छ, कहिल्यै कतै नसुनेको जस्तो । सपना हो कि विपना हो यो ? मैले आफूलाई यसो छामेँ । म मै हुँ । आफ्नै ओछ्यानमा लमतन्न सुतेको छु म । रात अन्धकार छ । समय ठीक छैन । सर्वत्र कोरोना महामारी व्याप्त छ । अरे, मेरा कानमा केको आवाज हो यो ? मलाई भित्रभित्रै डरले गाँजेर ल्यायो । गुनगुन–गुनगुन । ‘हुँ, हिँ, हुँर्र, इँर्र, उइँ, हुइँ, याँ, फ्याँ ।’ आवाज कर्कश छ । आवाज निर्मम छ । आवाज आक्रामक छ । लक्षण राम्रो छैन । के भाउँतो आइलाग्यो यो ?

'ए हजुर !’ बिरानो आगन्तुक बोल्यो । बोली सुन्दा मान्छेको छ, स्वर छ उल्कै अनौठो । के हो यो ? प्रत्युत्तरमा ओठ खोलूँ कि सास दबाएर सुतूँ म ? मेरो बेचैन मन दोमन भयो ।

प्रकाशित मिति: : 2020-06-26 07:59:20

प्रतिकृया दिनुहोस्