इंगलिस प्रिमियर लिग फुटबलमा उल्भ्सले साँघुरो जित हात पारेको छ।
एस्टन भिल्लाको मैदानमा शनिबार भएको खेलमा उल्भ्सले १–० गोल अन्तरको जित निकालेको हो।
उल्भ्सलाई जित दिलाउन लियान्डर डेनडन्करले निर्णायक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२ औं मिनेटमा डेनडन्करले निर्णायक गोल गरे।
जितसँगै उल्भ्स म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै लिगको पाँचौं स्थानमा उक्लिएको छ।
उल्भ्सले ३२ खेलबाट ५२ अंक जोडेको छ।
पराजित एस्टन २७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ।