क्रिष्टल प्यालेसमाथि बर्नलीको महत्वपूर्ण जित

इंग्लिस प्रिमियर लिग फुटबल भएको खेलमा बर्नली विजयी भएको छ। 

 सोमबार राति अवे मैदानमा भएको खेलमा बर्नलीले क्रिष्टल प्यालेसलाई १–० ले पराजित गरेको हो।

पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन। ६२ औँ मिनेटमा बेन मीले गरेको गोल नै बर्नलीको जितमा निर्णायक बन्यो।

जितपछि बर्नलीले युरोपा लिगका लागि छनाेट हुने सम्भावना कायम राखेको छ। 

बर्नली ३२ खेलबाट ४५ अंकसहित आठौँ स्थानमा उक्लिएको छ। 

पराजित भएको क्रिष्टल प्यालेस ४२ अंकसहित ११ औँ स्थानमा झरेको छ।

प्रकाशित मिति: : 2020-06-30 06:02:46

प्रतिकृया दिनुहोस्