टोरिनोको मैदानमा लाजियोकाे जित, उपाधि सम्भावना कायमै

 इटालियन सिरी ए अन्तर्गत मंगलबार रातिको खेलमा लाजियोले टोरिनोलाई पराजित गरेको छ। 

पाहुना टाेलि लाजियोले टोरिनोको मैदानमा २-१ को जित दर्ता गरेकाे हाे। लाजियोले पहिलो हाफमा पछाडि परेपनि दोस्रो हाफमा २ गोल फर्काउँदै उपाधि होड रोमान्चक बनाएको हो। 

Image

आन्द्रीए बेलोट्टीले पाँचौ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

तर दोस्रो हाफको तेस्रो मिनेटमा नै चिरो इम्मोबिलेले उच्च लयलाई कायम राख्दै खेल बराबरीमा ल्याए। उनले लुइस अल्बर्टोको पासलाई गोलमा परिणत गरेका थिए।

Image

७२ औं मिनेटमा इम्मोबिलेकै पासमा मार्को पारोलोले गोल गर्दै लाजियोको जित पक्का गरेका थिए।

यस जितसँगै दोस्रो स्थानको लाजियोको २९ खेलमा ६८ अंक रहेको छ। यता शीर्षस्थानमा रहेकाे  युभेन्ट्सले  ४ अंकको अग्रता कायम राख्न सफल भएकाे छ। युभेन्टसको २९ खेलमा ७२ अंक छ।

प्रकाशित मिति: : 2020-07-01 06:21:37

प्रतिकृया दिनुहोस्