काेराेनाबाट अछाममा एक जनाकाे मृत्यु, मृतककाे संख्या ३० पुग्याे

नेपालमा कोरोना भाइरस (काेभिड–१९) बाट मृत्यु हुनेकाे संख्या ३० पुगेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट बुधबार पोजेटिभ आएको हो । 

 मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रामारोशन गाउँपालिका ५ का ४५ वर्षिय पुरुषको असार १४ गते मृत्यु भएको जानकारी दिए । 

मृतक पुरुषको स्वाव संकलन गरी सेती प्रदेशीक अस्पतालमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हाे।

उनी असार १३ गते स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। उनी मधुमेहका बिरामी थिए। 

मृतक पुरुषसँगै कुरुवा बसेका २ जनाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रकाशित मिति: : 2020-07-01 16:51:02

प्रतिकृया दिनुहोस्