ललितपुरमा दुई स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना संक्रमण

ललितपुरमा दुई स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना संक्रमण देखिएको छ।  

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले चापागाउँका ६६ वर्षका पुरुषमा संक्रमण देखिएको जानकारी दिए।

गोदावरी नगरपालिका ११ का उनी पित्तथैलीको अपरेसन गर्न मेडिसिटी अस्पताल पुगेका थिए। अपरेसनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनल बताए। 

यस्तै ललितपुर महानगरपालिका ८ लुुभुकी २३ वर्षीया महिला, वडा नम्बर १५ सातदोबाटोकी ३४ वर्षीया महिला, वडा नम्बर १४ नख्खीपोटकी ३३ वर्षीया महिला र वडा नम्बर २३ हात्तीबनकी २४ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ। 

यीमध्ये स्वास्थ्यकर्मी रहेको बताएपनि उनले कुन ठाउँको भने खुलेको छैन। संक्रमितहरुलाई आइसोलेसनमा राखिएको छ।

काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-01 18:49:45

प्रतिकृया दिनुहोस्