अक्सफोर्ड युनिभर्सिटीमा कोभिड–१९ भ्याक्सिनको ट्रायल तेस्रो चरणमा

अक्सफोर्ड युनिभर्सिटीकी भ्याक्सिनोलोजीका प्राध्यापक सारा गिलिबर्टले काेराेना भाइरस (कोभिड–१९) को सम्भावित भ्याक्सिनको ट्रायलले सकारात्म नतिजा पाएको दावी गरेकी छिन्।

बेलायतमा एक संसदीय सुनुवाईको क्रममा उनले अक्सफोर्ड युुनिभर्सिटीकाे याे ट्रायल अब क्लिनिकल स्टेजको तेस्रो चरणमा पुगेको जानकारी दिइन्।

गिलिबर्टले सरकारी कमिटीलाई ट्रायलको अर्को चरणका लागि ८ हजार भोलुन्टियरको पञ्जीकरण भएको समेत बताइन्।

यद्यपि, उनले कोभिड–१९ काे भ्याक्सिन कहिले तयार हुने बारे कुनै जानकारी दिएनन्। यसको भविष्य ट्रायलको नतिजामा निर्भर हुने उनले बताइन्।

प्रकाशित मिति: : 2020-07-02 06:38:17

प्रतिकृया दिनुहोस्