कर्णाली प्रदेशमा थप ४९ जना डिस्चार्ज, थपिए ६ संक्रमित

कर्णाली प्रदेशमा थप ४९ जना डिस्चार्ज भएका छन्। 

स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर तिवारीका अनुसार बिहीबार उनीहरुलाई डिस्चार्ज गरिएकाे हाे। 

यससँगै कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या ११ सय २७ पुगेको छ। 

यता थप ६ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्ज बाँके र कणर्णी स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये सुर्खेतका ३ जना, दैलेख, कालीकोट र स्याङजाका एक/एक जना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायाण तिवारीले पुष्टि गरे ।

उनका अनुसार सुर्खेतको वीरेनगर नगरपालिका ३, ४ र ८ का एक महिलासहित तीन जना, दैलेखको महाबु गाउँपालिका, कालीकोटको पलाँता गाउँपालिका र स्याङजाको वालिङ नगरपालिकाका एक/एक जना पुरुष रहेका छन ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १४ सय ७४ पुगेको छ ।

कर्णाली प्रदेशमा ६ जनाको मृत्यु भएको छ । आइसोलेसनमा ३४१ जना रहेका छन् ।
 

प्रकाशित मिति: : 2020-07-02 16:27:08

प्रतिकृया दिनुहोस्