सेफिल्डसँग टोटेनह्यामकाे लज्जास्पद हार

इंग्लिस प्रिमियर लिग फुटबलमा अन्तर्गत बिहीबार राति भएको खेलमा टोटेनह्यामले सेफिल्ड युनाइटेडसँग ३–१ गोल अन्तरकाे लज्जास्पद हार व्यहाेरेकाे छ।

सेफिल्डको घरेलु मैदानमा भएको खेलमा सन्डेर बेर्गे, माउसेट र ओलिभर म्याकब्रुनीले एक एक गोल गरे। टोटेनह्यामका ह्यारी केनले एक गोल फर्काए।

खेलको ३१ औं मिनेटमा सन्डेरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

३३ औं मिनेटमा कप्तान केनले गोल गर्दै टोटेनह्यामलाई बराबरीमा ल्याए। तर, गोल अग्र्नु अघि फउल भएको भन्दै भीएआरको सहायताबाट रेफ्रीले उनको गोललाई मान्यता दिएन।

खेलको ६९ औं मिनेटमा माउसेटले गोल गर्दा सेफिल्ड २–० ले अघि रह्यो। ८४ औं मिनेटमा ओलिभरले गोल गर्दा घरेलु टिमले ३Þ–० को अग्रता बनायो  ।

तर खेलको अन्तिम समयमा केनले सान्त्वना गोल फर्काएपनि टोटेनह्याम ३–१ ले पराजित भयो।

जितसँगै सेफिल्ड लिगको सातौं स्थानमा उक्लिएको छ। सेफिल्डले ३२ खेलमा ४७ अंक जोडेको छ।

पराजित टोटेनह्याम ४५ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-07-03 05:51:26

प्रतिकृया दिनुहोस्