राष्ट्रपतिलाई विवादमा नतान्न प्रवक्ता श्रेष्ठको आग्रह

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले आ–आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह गरेका छन्। शनिबार बेलुका गर्दै ट्वीट गर्दै नेकपा सचिवालय सदस्य समेत रहेका श्रेष्ठले यस्तो आग्रह गरेका हुन्।  

‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो । यो गरिमामय संस्थालाई कसैले पनि आआफ्नो स्वार्थका लागि विवादमा नतानौं’, श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्रीहरुसँग आफु र राष्ट्रपतिमाथि षड्यन्त्र हुन लागेको र राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको भनाईप्रति लक्षित गर्दै यस्तो अनर्गल झुठा प्रचार कसैलाई पनि नगर्न भनेका छन्।  ‘राष्ट्रपति संस्थाको अवमूल्यन नगरौं । राष्ट्रपतिज्यू स्वयंको पनि ध्यान जाने नै छ’, राष्ट्रपति स्वयंको पनि यसतर्फ ध्यान जानुपर्ने श्रेष्ठको भनाई छ।

प्रकाशित मिति: : 2020-07-04 23:00:02

प्रतिकृया दिनुहोस्