सुनको मास्क लगाउने मान्छे

एजेन्सी

मुम्बई

भारतको महाराष्ट्र राज्यमा एक जनाले सुनको मास्क बनाएका छन्।

पुनेको पिम्परी छिन्चोडका ४८ वर्षिय शंकर कुराडेले करीव ४ लाख रुपैयाँ (३८७० अमेरिकी डलर) को लगानीमा सुनको मास्क बनाएका हुन्। सुनको मास्क लगाएर हिँड्ने उनलाई सहरमा ‘गोल्डम्यान’ समेत भन्न थालिएको छ। मास्कमा ५० ग्राम सुन लागेको छ। मास्कमा श्वास फेर्नका लागि स-साना प्वाल (छिद्रा) बनाइएको छ।

सुनको मास्क बनाउने आइडिया भने उनले टेलिभिजनमा एक जना व्यक्तिले चाँदीको मास्क लगाएको देखिपछि प्राप्‍त गरेका हुन्।

सुनका सौखिन एवं दैनिक तीन तोला बरारको सुनका सामग्री चेन, औठी र ब्रासलेट लगाएर हिँड्ने शंकरले सुनारसँग सम्पर्क गरेर चाँदी जस्तै सुनको पनि मास्क बनाएका हुन्। उनको मास्क एक हप्ता लगाएर बनाइएको हो।

शंकरले कसैलाई सुनको मास्क बनाउन परे आफूले सहयोग गर्ने पनि बताएका छन्।  उनले मास्क कोरोना रोक्नका लागि भन्दा पनि रुचीका लागिमात्रै लगाएको बताएका छन् । 

न्युज एजेन्सी एएनआइले पनि शंकर कुराडेका मास्क लगाएका तस्बिर सार्वजनिक गरेको छ । जम्मु कास्मिरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले कुराडेको सुनको मास्कसहितको तस्बिर सेयर गर्दै लेखेका छन्, 'यही हुन्छ, जब तपाईँसँग मस्तिष्क भन्दा धेरै पैसा हुन्छ भने'

सामाजिक सञ्जालमा अहिले यी व्यक्तिको चर्चा भारतमा मात्र नभएर संसार भर भएको छ ।

प्रकाशित मिति: : 2020-07-04 23:34:11

प्रतिकृया दिनुहोस्