आर्सनलसँग उल्भ्स पराजित

प्रिमियर लिग फुटबलमा अन्तर्गत शनिबार भएकाे खेलमा आर्सनलले उल्भ्सलाई २-० गोल अन्तरकाे सहज जित निकालेको छ।

उल्भ्सको मैदानमा आर्सनललाई जित दिलाउन बुकायो साका र एलेक्सजेन्डर लाकाजेट्ले एक एक गोल गरे।

खेलको ४३ औँ मिनेटमा साकाले गोल गर्दै आर्सनललाई १-० को अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ८६ औँ मिनेटमा लाकाजेट्ले गोल गर्दै आर्सनललाई २-० को जित दिलाए।

जितसँगै आर्सनल लिगको सातौं स्थानमा उक्लिएको छ। आर्सनलले ३३ खेलमा ४९ अंक जोडेको छ।

५२ अंक जोडेको उल्भ्स छैटौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-07-05 06:04:35

प्रतिकृया दिनुहोस्