सोमालियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा ६ जनाको मृत्यु, ७ जना घाइते

एजेन्सी

काठमाडाैं

सोमालियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ। बैदवा र मोगादिशुमा छुट्टाछुट्टै भएको बिस्फोटमा परि अन्य ७ जना घाइते भएका छन्।

 बैदवामा टेक्स संकलन गरिरहेकाहरुमाथि लक्षित गरी बिस्फोट गराईएको हो भने मोगादिशुमा बिस्फोटक पदार्थ सहित प्रवेश गरेको कारमा आत्मघाती बिस्फोट भएको हो।

बिस्फोट परेर दुई प्रहरी अधिकृतकाे पनि मृत्यु भएकाे छ।

कार चालकले मोगादिशुमा रहेको प्रहरी चौकीमा प्रवेश गर्ने क्रममा प्रहरीले रोक्न खोज्दा  बिस्फोट गराएको थियो। 

बिस्फोट कारण कयौं घरहरुमा क्षति पुगेको छ भने थुप्रै सवारीसाधन ध्वस्त भएका छन्।

प्रकाशित मिति: : 2020-07-05 07:00:11

प्रतिकृया दिनुहोस्