प्रचण्ड, झलनाथ र माधव नेपाल राष्ट्रपति भेट्न शितल निवासमा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेता शीतल निवास पुगेका छन्। प्रचण्डसँगै पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधव नेपाल शीतल निवास गएका हुन्।

नेकपा विभाजनको संघारमा पुगेका बेला उनीहरु राष्ट्रपति भण्डारीलाई भेट्न बिहान ११ बजे शितल निवास पुगेका हुन्। 

स्रोतका अनुसार प्रचण्ड पक्षले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने र प्रधानमन्त्री हटाउने षडयन्त्र गरिरहेको आरोप प्रधानमन्त्रीले लगाइरहेका बेला यसबारे प्रष्ट पार्न नेताहरु शीतल निवास पुगेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ आयोजित मन्त्रिपरिषद्को विस्तारित बैठकमा आफूलाई मात्र प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने षड्यन्त्र नभई राष्ट्रपति भण्डारीलाई समेत राष्ट्रपतिबाट हटाउने षड्न्त्र भइरहेको खुलासा गरेका थिए। 

उनले पार्टीकै साथीहरुले राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने तयारी गरिरहेको थाहा पाएर आफूले संसद् अधिवेशन अन्त्यको निर्णय गरेको मन्त्रीहरुलाई जानकारी गराएका थिए।

प्रधानमन्त्रीलाई ओलीलाई सम्झाउनका लागि तीन नेता राष्ट्रपतिमार्फत आग्रह गर्ने पुगेको स्रोतले बताएको छ। 

प्रकाशित मिति: : 2020-07-05 11:56:53

प्रतिकृया दिनुहोस्