एस्टन भिल्लाविरुद्ध च्याम्पियन लिभरपुलकाे सहज जित

प्रिमियर लिग फुटबलमा अन्तर्गत आइतबार भएको खेलमा च्याम्पियन बनिसकेको लिभरपुलले  एस्टन भिल्लालाई २ –० गोलले पराजित गरेको छ।

एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि साडियो माने र कुर्टिस जोन्सले गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेल दुबै गाेल दाेस्राे हाफमा सम्भव भएकाे हाे। 

खेलकाे ७१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ९० औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए।

जितसँगै लिगको उपाधि यस अघि नै जितिसकेको लिभरपुलले ३३ खेलबाट ८९ अंक जोडेको छ।

यो जितपछि लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध २३ अंकको अग्रता समेत बनाएको छ।

दोस्रो स्थानको सिटीको ३२ खेलमा ६६ अंक रहेको छ। यता  सिटीले साउथह्याम्पटनसँग उसैको मैदानमा खेल्दै छ।

खेल राति ११ः४५ बजे हुनेछ। सिटी घरेलु टोलीलाई हराएर लिभरपुलसँगको अंक दुरी थप छोट्याउने दाँउमा हुनेछ।

यता पराजित एस्टन २७ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-07-05 23:09:59

प्रतिकृया दिनुहोस्