'लकडाउन अवसर बन्यो, कर्मचारी थपेर व्यवसाय विस्तार गर्‍यौं'

सेतोपाटी

काठमाडौँ

जुना श्रेष्ठ

लकडाउनले धेरैजसो व्यवसाय रोकिए, केही सुस्त भए। यही बेला 'कर्णाली घर'को रफ्तार भने पहिलेभन्दा बढी भयो।

कर्णाली घरले अनलाइन अर्डर लिएर जुम्लाको स्याउ, स्याउको सुकुटी, सिमी, सिमीको दाल, मार्सी चामल, कागुनो आदि दैनिक उपभोग्य सामान वितरण गर्छ। यसको मुख्य उद्देश्य भौगोलिक रूपमा टाढा रहेको कर्णालीका रासन बटुलेर काठमाडौंका ग्राहकसम्म पुर्‍याउने हो।

लकडाउन बेला कर्णालीका रासन कारोबार धेरै भएन। तर कर्णाली घर रोकिएर बसेन। यतैका तरकारी तथा फलफूलसमेत ग्राहकका घरघर पुर्‍यायो।

'त्यस बेला ग्राहकलाई तरकारी र खाद्यान्न किन्न जान सहज थिएन। त्यसैले हामीले फार्मबाट तरकारी लिएर डेलिभरी गर्नेमा जोड दियौं,' कम्पनी व्यवस्थापक राजन धिताल भन्छन्।

प्रकाशित मिति: : 2020-07-06 08:50:56

प्रतिकृया दिनुहोस्