बालीको अनुहार फेर्ने दुई युवती

कोरोना भाइरसका कारण अहिले संसार त्राहीमाम छ। कोही पनि घरबाट बाहिर निस्किन डराइरहेका छन्। 

तर, यस्तो बेला पनि इन्डोनेशियाको बालीमा दुई किशोर युवती आफ्नो अभियानमा उत्तिकै तदारुक्ताका साथ डटेर लागेका छन्। उनीहरु भयरहित देखिन्छन्। र, उनीहरुको अभियानमा अन्य स्कुले युवा तथा किशोरहरुले साथ दिइरहेका छन्। 

यी दुई किशोरी हुन्, मेलाती र इसाबेल विजसेन। जो इन्डोनेशियालाई प्लास्टिक मुक्त गर्ने अभियानमा उत्तिकै दत्तचित्तका साथ लागि परेका छन्। 

मेलाती भन्छिन्, ‘बर्षायाम सुरु हुनु वित्तिकै यहाँ समुन्द्रमा प्लास्टिकको फोहोर जम्मा हुन थाल्छ। यसपालि कोरोना भाइरसको संक्रमणका कारण समस्या झन् बढेको छ। सोशल डिस्टेन्सिङका कारण अरुलाई सफाई अभियानमा सक्रिय हुन निकै गाह्रो परिरहेको छ। यसमा हामीले पनि काम रोक्यौ भने बर्षोदेखिको मिहिनेत पानीमा बगेर जानेछ।’

मेलाती कोरोनाका कारण प्लास्टिकको उपभोग विश्वव्यापि रुपमा बढेको बताउँछिन्। उनी भन्छिन्, ‘त्यसैले हामीले अझ बढी मिहिनेत गर्नुछ।’ उनी कोरोनाका कारण वालीको टापुमा मानिसहरुको उपस्थिति न्युन भएका कारण काम गर्न सहज भएको बताउँछिन्। 

यस्तै, इसाबेल कोरोनाका कारण लकडाउनले गर्दा पर्यावरणमा निकै सकारात्मक असर परेको बताउँछिन्। उनी सरकारसँग अनुरोध गर्छिन, जसरी हामी भाइरसका लागि लडिरहेका छौं, त्यसरी नै जलवायु परिवर्तनका लागि पनि सरकारले ठोस् कदम अगाडि बढाउनु पर्नेछ। 

‘सरकारले जलवायु जस्तो गम्भीर मुद्धामा यथासम्भव छिटो नीति बनाओस् भन्ने हाम्रो चाहना छ,’ इसाबेल भन्छिन्। 

यी दुबै युवती कोरोनाले प्रकृतिलाई कसरी सम्हाल्न सकिन्छ भन्ने पाठ सिकाएको बताउँछन् र सरकारलाई सहासिक कदम चाल्न आवहान गर्छन। 

मेलाती गत जनवरीमा वर्ल्ड इकोनोमिक फोरम (डाभोस) मा सहभागी थिइन। उनले त्यहाँ प्रयोग भइसकेका प्लास्टिकलाई प्रतिबन्ध लगाउन सरकार तथा कम्पनीलाई दबाब दिनुपर्ने माग गरेकी थिइन्। 

यी दिदी–बहिनी सन् २०१३ देखि ‘बाई बाई प्लास्टिक ब्याग’ अभियानमा सक्रिय छन्। उनीहरुले गत फेब्रुअरीमा सरसफाईको सबैभन्दा ठूलो अभियान चलाएका थिए। उनीहरुको अभियानकै कारण बालीको सौन्दर्यता फेरिएको छ।

प्रकाशित मिति: : 2020-07-06 09:23:58

प्रतिकृया दिनुहोस्