काठमाडौं महानगरपालिका भित्रका ६ ए डिभिजन क्लबलाई ६० लाख सहयोग

काठमाडौं महानरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका ६ ए डिभिजन क्लबलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ। 

राष्ट्रियसभागृहमा साेमबार आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमखु विद्यासुन्दर शाक्यले ६ वटा क्लवलाई प्रति क्लव रु १० लाख सहयोग हस्तान्तरण गरेका हुन्।

महानगरपालिकाबाट आर्थिक सहयोग पाउने क्लबहरु मछिन्द्र, सरस्वती युवा, हिमालयन शेर्पा, काठमाडौं खेल मण्डल (एनआरटी), संकटा र मनाङ मस्र्यादी क्लब रहेका छन्। 

प्रमुख शाक्यले महानगरपालिका क्षेत्र भित्र रहेका ए डिभिजनलाई रु १०, वि लाई रु तीन लाख र सीलाई रु २ लाखका दरले सहयोग गर्दै आएको जानकारी दिए।

प्रकाशित मिति: : 2020-07-06 14:50:33

प्रतिकृया दिनुहोस्