युवा फरवार्ड इलियटले गरे लिभरपुलसँग तीन वर्षे सम्झौता

एजेन्सी

काठमाडाैैं

लिभरपुलका युवा फरवार्ड हार्भे इलियटले इंग्लिस प्रिमियर लिग च्याम्पियन क्लबसँग तीन वर्षे सम्झौता गरेका छन्।

लिभरपुलले सोमबार इलियटसँग सम्झौता गरेको हो।

इंग्ल्यान्डको यू–१७ टोलीका फरवार्डको यो पहिलो व्यवसायिक सम्झौता हो। अप्रिल ४ मा १७ वर्ष पूरा भएपछि उनी व्यवसायिक सम्झौता गर्न योग्य भएका हुन्।

इंग्ल्याण्डको १७ वर्ष मुनिको टिमका खेलाडी इलियट गत समरमा फुलह्यामबाट लिभरपुल आएका थिए। तर, उमेरको कारण उनको व्यवसायिक सम्झौता भएको थिएन।

इलियटले लिभरपुलको सिनियर टिमका लागि आठ खेल खेलिसकेका छन्। गएको सेप्टेम्बरमा इएफएल कप अन्तर्गत एमके डन्ससँगको खेलमा डेब्यू गरेका थिए। 

यस्तै इलियटले प्रिमियर लिगमा दुई खेल खेलेका छन्।

प्रकाशित मिति: : 2020-07-07 06:37:54

प्रतिकृया दिनुहोस्