अस्ट्रेलियाको मेलबर्नमा ६ हप्ता लकडाउनको घोषणा

अस्ट्रेलियाको मेलबर्नमा पुन: लकडाउनको घोषणा गरिएको छ। 

भिक्टोरिया राज्यका प्रिमियर डेनिअल एन्ड्र्युले मंगलबार कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै मेलबर्नमा ६ साता लकडाउन गरिने घोषणा गरेका हुन्।

यो लकडाउन बुधबार मध्यरातिदेखि लागू हुनेछ। भिक्टोरियाको मिचेल सायरमा पनि ६ साताको लागि लकडाउनको घोषणा गरिएको छ। 

लकडाउनको क्रममा मानिसहरुलाई खाना किन्न, काममा जाने, स्वास्थ्य सेवा लिने/दिने, व्यायाम गर्ने लगायतका कामलाई मात्र बाहिर निस्किन दिइनेछ। 

रेष्टुरेन्टलगायतका यसअघि खोल्न अनुमति पाएका व्यवसायहरु भने लकडाउनमा बन्द हुनेछन्।

प्रिमियर एन्ड्र्युले मुलुकमा सबैभन्दा खराब अवस्था आउन नदिन सबै मानिसले लकडाउनको नियमको पलना गर्नु जरुरी रहेको बताए।

गत शनिबारदेखि मेलबर्नका तीन हजार मानिसको बसोबास रहेको ९ हउजिङ टावर लकडाउन गरिएको छ। उनीहरुलाई उक्त भवनबाट बाहिर निस्किने अनुमति दिइएको छैन।

मंगलबार भिक्टोरियाले पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १९१ नयाँ संक्रमित फेला परेको छ।

प्रकाशित मिति: : 2020-07-07 14:46:00

प्रतिकृया दिनुहोस्