उपत्यकामा मंगलबार २३ कोरोना संक्रमित भेटिए

काठमाडौं उपत्यकामा मंगलबार २३ जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा मंगलबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका १४, ललितपुरका १० र भक्तपुरका ४ जनामा कोराना पुष्टि भएको जानकारी दिए।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ।

साेमबार मात्रै काठमाडाैं उपत्यकामा ५४ जनामा कोरोना देखिएको थियो।

प्रकाशित मिति: : 2020-07-07 16:35:44

प्रतिकृया दिनुहोस्