उपत्यकाका यी २३ स्थानमा भेटिए कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । 

 काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा संक्रमण देखिएको हो। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेका अनुसार काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको हो। 

काठमाडौंको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा संक्रमित फेला परेका हुन् । 

यस्तै ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गट्ठाघरमा पनि संक्रमित फेला परेको पाण्डेले बताए ।
 

प्रकाशित मिति: : 2020-07-07 18:48:24

प्रतिकृया दिनुहोस्