आर्सनलसँग लेस्टरकाे बराबरी

इंग्लिस प्रिमियर फुटबल लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटी बराबरीमा रोकिएको छ।

अवे मैदानमा भएको खेलमा लेस्टर सिटी १० खेलाडीमा सीमित भएको आर्सनलसँग १–१ को बराबरीमा रोकिएको हो।

निकै प्रतिस्पर्धात्मक खेलको २१ औँ मिनेटमा पिएर एमरिकको गोलबाट आर्सनलले सुरुवाति अग्रता लिउकाे थियाे। उनकै गाेल मार्फत पहिलाे हाफ आर्सनले अग्रता बनाएकाे थियाे। तर दाेस्राे हाफमा त्याे अग्रता कायम राख्न सकेन। 

७५ औँ मिनेटमा आर्सनलका एडी एनकेटिया सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भयो।

८४ औँ मिनेटमा जेमी भर्डीले लेस्टरका लागि बराबरी गोल गरेपछि अंक बाँडियाे।

बराबरीसँगै चौथो स्थानको लेस्टरको ३४ खेलबाट ५९ अंक भएको छ। आर्सनल ५० अंकसहित सातौँ स्थानमा कायम छ।

प्रकाशित मिति: : 2020-07-08 06:24:39

प्रतिकृया दिनुहोस्