भारतमा काेराेना संक्रमित सात लाख ४२ हजार कटे, मृतक २० हजार ६ सय बढी

भारतमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ४८२ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार ६४२ पुगेको छ।

त्यस्तै संक्रमितको संख्या सात लाख ४२ हजार ४१७ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसका २२ हजार ७५२ नयाँ संक्रमित फेला परेका थिए।

सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोनाका दुई लाख १७ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ९ हजार २५० जनाको मृत्यु भइसकेको छ। 

यता तामिलनाडुमा अहिलेसम्म एक लाख १८ हजारभन्दा धेरै संक्रमित फेला परेका छन्। यहाँ एक हजार ६३६ जनाको मृत्यु भएको छ।

दिल्लीमा एक लाख दुई हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने तीन हजार १६५ जनाको मृत्यु भएको छ। उत्तर प्रदेशमा करिब ३० हजार संक्रमित फेला पर्दा ८२७ जनाको मृत्यु भएको छ।

यता पश्चिम बंगालमा २३ हजारभन्दा धेरै संक्रमित फेला परेका छन्। यहाँ  ८०४ जनााको मृत्यु भइसकेको छ। 

बिहारमा १२ हजार ५७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १०४ जनाको मृत्यु भइसकेको छ।

अहिलेसम्म चार लाख ५६ हजार ८३१ जना संक्रमित निको भइसकेका छन्।
 

प्रकाशित मिति: : 2020-07-08 12:56:35

प्रतिकृया दिनुहोस्