सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको ९२ हजार ४०० रुपैयाँ

बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य ९२ हजार ४०० रुपैयाँमा कारोवार भएको छ ।

अघिल्लो दिन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीवार ९ सयले बढेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ९१ हजार ९६५ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बिहीवार चाँदीको मूल्य पनि बुधबार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: : 2020-07-09 11:12:01

प्रतिकृया दिनुहोस्