भारतमा एकै दिन झण्डै २७ हजार कोरोना संक्रमित थपिए

भारतमा एकै दिन करीव २५ हजार कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ६७१ कोरोना संक्रमित थपिएका हुन्।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिनमा कोरोना संक्रमित थप हुने यो संख्या अहिलेसम्मकै उच्च रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४९१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै भारतमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २१ हजार १२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म ७ लाख ७९ हजार १५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये ४ लाख ७६ हजार ५६५ संक्रमित निको भइसकेका छन्। अझै २ लाख ७१ हजारभन्दा बढीको उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-07-09 12:17:28

प्रतिकृया दिनुहोस्