कोरोना अपडेटः बिहिबार नेपालमा १०८ थपिए, १३९ निको भए

विगत २४ घण्टायता नेपालमा थप १०८  जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशभरका २५ वटा प्रयोगशालामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८ जनामा पुष्टि भएको हो।

यो सँगै बुधबारसम्म नेपालमा १६ हजार ५ सय ३१ पुगेको हो।

देशभरका क्वारेन्टिनमा २४  हजार ४ सय २५ जना मानिसहरू छन्। पछिल्लो २४ घण्टामा १३९ डिस्चार्ज भएका छन्। यो सँगै ८ हजार ८ सय ९१ जना निको भएर घर फर्किएका छन्।

अस्पतालका आइसोलेसनमा संक्रमित एक्टिभ केस ८ हजार ६ सय ५ रहेको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट संक्रमणमध्ये मृत्यु हुने संख्या ३५ पुगेको छ।

प्रकाशित मिति: : 2020-07-09 16:38:25

प्रतिकृया दिनुहोस्