वेष्ट ह्यामको जितमा एन्टोनियोकाे ४ गोल, नर्विच रेलिगेसनमा

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार बेलुका भएको खेलमा वेष्ट ह्याम युनाइटेडले फराकिलो जित निकालेको छ।

अवे मैदानमा भएकाे खेलमा वेष्ट ह्यामले नर्विच सिटीलाई ४-० गोल अन्तरले पराजित गरेको हो।

नर्विचको मैदानमा वेष्ट ह्यामलाई जित दिलाउन मिचेल एन्टोनियो एक्लैले ४ गोल गरेका हुन्।

उनले खेलको ११, ४५, ५४ र ७४ औं मिनेटमा गाेल गरेका थिए।

जितसँगै वेष्ट ह्यामले ३५ खेलमा ३४ अंक जोडेको छ। वेष्ट ह्याम १६ औं स्थानमा रहेको छ।

२१ अंक जोडेको नर्विच पुछारमा रहेको छ। यस हारसँगै नर्विच रेलिगेसनमा परेको छ। नर्विच यस सिजन रेलिगेसनमा पर्ने पहिलो टिम हो।

प्रकाशित मिति: : 2020-07-11 19:54:43

प्रतिकृया दिनुहोस्