पाकिस्तानमा कोरोना संक्रमितको संख्या इटालीमा भन्दा बढी

एजेन्सी

इस्लामाबाद

पाकिस्तानमा कोरोना संक्रमितको संख्या इटालीमा भन्दा माथि पुगेको छ। यहाँ संक्रमितको संख्या २ लाख ४६ हजार ३ सय ५१ पुगेको छ। 

पाकिस्तानमा कोरोनाबाट मर्नेको संख्या ५ हजार १ सय २३ पुगिसकेको छ भने विश्वभरि संक्रमितको संख्यामा पाकिस्तान १२ नम्बरमा पर्छ।

 यहाँ १ लाख ५३ हजार १ सय ३४ जना पूर्ण रूपमा ठिक पनि भइसकेका छन्। कोरोनाका कारण इटालीमा २ लाख ४२ हजारभन्दा बढी संक्रमित भएका थिए। यहाँ ३४ हजार ९ सय बढी व्यक्तिको ज्यान गएको थियो। 

विश्वमा हाल १ करोड २५ लाख व्यक्ति कोरोनाबाट संक्रमित भइसकेका छन्। जसमा ५ लाख ६० हजारभन्दा बढीको निधन भइसकेको छ।
 

प्रकाशित मिति: : 2020-07-12 10:34:19

प्रतिकृया दिनुहोस्