दुई वर्षमै किन खोसियो आदिकवि भानुभक्तको जागिर ?

रातोपाटी

काठमाडौँ

नरेन्द्रराज प्रसाईं

भानुभक्तले युवावस्थाको उत्तरार्धमा जागिर खाए, तर जागिरमा उनी धेरै टिक्न सकेनन् । मोतीरामले यिनको जागिरका प्रसङ्गमा लेखे, 'कवि भानुभक्त आचार्यजी स्वस्तिश्रीमद्राजकुमारात्मज श्री ३ कम्याण्डर–इन–चीफ् जनरल कृष्णबहादुर राणाको चाकरी गर्दथे र विक्रमीय संवत् १९०७ सालका वैशाख मासमा मदेसको जागीर पाई गये तर भानुभक्त कवि ऐ १९०९ मा खोस्सिये र कागत्पत्र बुझाउन भनी नेपाल् कुमारी चोकमा आई कागतपत्र आफूले २ वर्ष काम् गरेको खर्चा आम्दानी समेत्को स्याह बुझाउँदा केही बाँकी सर्कारिया लागेछ र ५ मैन्हासम्म कुमारीचोकमा थुनिएछन् ।'

भानुभक्त आचार्य (विसं. १८७१/३/२९ - १९२५/६/६)को जागिरका बारे बाबुराम आचार्यले ‘पुराना कवि र कविता’मा अरू विस्तारसहित लेखेका छन् । भानुभक्त १९०२ सालभन्दा अगावैदेखि मेजर पदमा जागिर खाएको बेहोरा पनि नेपाली साहित्यको इतिहासमा उल्लेख भएको छ । तर, मोतीरामपछि उनका छोरा रमानाथ र नातिनी विष्णुमायाले भानुभक्तले जागिर खाए या खाएनन् भन्ने प्रसङ्ग निकालेको देखिँदैन । बाबुराम आचार्यले चाहिँ भानुभक्त पाल्पाकै पल्टनमा गोस्वारा दफ्तरमा पाल्पा मधेस खस्यौली जागिरमा रही खरदार पदसम्म पुगेको विचार व्यक्त गरेको पाइन्छ ।

प्रकाशित मिति: : 2020-07-13 14:27:59

प्रतिकृया दिनुहोस्