परिवारवादको आरोप खेपिरहेका सलमानलाई याद आयो कृषकको 

एजेन्सी

मुम्बई

सुशान्त सिंह राजपूतको निधनपछि परिवारवादको आरोप खेपिरहेका बलिउडका बजरंगी भाइजान सलमान खानलाई हिजोआज किसानको धेरै याद आउन थालेको छ। 

सलमान कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि घरभन्दा टाढा पनवेलमा रहेको फार्म हाउसमा थुनिएका छन्। यहाँ उनी नयाँ नयाँ अवतारमा देखिन्छन्। मंगलबार मात्र उनी कृषक बनेर झुल्किए। 

उनले सार्वजनिक गरेको फोटोमा उनी खेतमा बसेका छन् र पुरै शरीरमा हिलो लागेको छ। यही फोटोको तल उनले लेखेका छन्, ‘सबै कृषकलाई नमस्कार।’ उनी स्लिभलेस सर्टमा देखिएका थिए। 

‘लकडाउन’ को बेला सलमान आफ्नो बहिनी अर्पिता खान शर्मा, आयुष शर्मा, आहिल–अयात, ज्याकलिन फर्नान्डिज र युलिया वन्तुरसँग फार्म हाउसमा थिए। ‘लकडाउन’ केही खुकुलो भएपछि अन्य व्यक्ति घर फर्किएका थिए। तर, युलिया अझैं उनीसँग छिन्। यसको खुलासा युलियाको इन्स्टाग्रामबाट भएको थियो। 

‘लकडाउन’ का कारण सलमानको सबै योजना बन्द छ। उनको फिल्म ‘राधे’ र ‘कभी ईद कभी दिवाली’ को काम ठप्प भएको छ। 

सलमानले आफ्नो पछिल्लो पोस्टमा लेखेका छन्, ‘दाने दाने पे लिखा होता हे खाने वालेका नाम..जय जवान जय किसान।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Respect to all the farmers . .

A post shared by Salman Khan (@beingsalmankhan) on Jul 14, 2020 at 3:42am PDT

प्रकाशित मिति: : 2020-07-15 13:50:46

प्रतिकृया दिनुहोस्