चीनमा पुन: कोरोना देखिएपछि ६ सय उडान अवरुद्ध

एजेन्सी

बेइजिङ

चीनको सिन्जियाङ प्रान्तमा कोरोनाको नयाँ संक्रमित भेटिएपछि करिब ६ सयभन्दा बढी उडानहरू रद्ध गरिएको छ। 

चीनमा हाल संक्रमितको संख्या ८३ हजार ६ सय २२ पुगेको छ, जसमा ४ हजार ६ सय ३४ जनाले ज्यान गुमाएका छन्। 

बिहीबार २४ वर्षकी एक महिलामा कोरोना सकारात्मक भेटिएको थियो। चीनको उहान शहरबाट सुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म विश्वमा १ करोड ४० लाखको हाराहारीमा मानिसहरू संक्रमित भइसकेका छन्। 

जहाँ ५ लाख ९४ हजारको हाराहारीमा मानिसको ज्यान गएको छ। 

चीनले कोरोनालाई नियन्त्रणमा लिएको बताइएपनि बेलाबेलामा विभिन्न शहरमा छुटपुट संक्रमित देखिएका छन्।

 कोरोना संक्रमणलाई रोक्न चीन सरकारले निकै कडाई गरेको छ।

प्रकाशित मिति: : 2020-07-17 22:21:11

प्रतिकृया दिनुहोस्