वेष्ट ह्याम रेलिगेशनबाट जोगियाे

एजेन्सी

काठमाडाैं

 वेस्ट ह्याम युनाईटेडले प्रिमियर लिगमा फुटबलमा आफुलाई सुरक्षित गरेको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वाट्फोर्डलाई ३–१ ले पराजित गरेसँगै वेष्ट ह्याम रेलिगेशनबाट जोगिएको हो।

घरेलु टोलीका लागि माईकेल एन्टोनियो, टोमस सौसेक र डेक्लेन राईसले गोल गरेका थिए। वाटफोर्डका ट्रोय डेनीले एक गोल फर्काएका थिए।

वेष्ट ह्यामले पहिलो हाफमा तीन गोल गरेर दोस्रो हाफमा एक गोल खाएको हो।

वेष्ट ह्यामका लागि छैटौँ मिनेटमा एन्टोनियो १० औँ मिनेटमा टोमस तथा ३६ औँ मिनेटमा डेक्लनले गोल गरेका हुन्। वाट्फोर्डका लागि ट्रोय डीनीले ४९ औँ मिनेटमा एक गोल फर्काए।

डेभिड मोयस नेतृत्वको वेस्ट ह्यामले रेलिगेशन जोनमा रहेको क्लबसँग स्पष्ट ६ अंकको अग्रता लिएको छ।

वेस्ट ह्याम ३७ अंक सहित तालिकाको १५ औं स्थानमा छ। वाटफोर्ड ३४ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ।

रेलिगेशन जोनमा रहेका बोर्नमाउथ र एस्टन भिल्लाको समान ३१ अंक रहेको छ।

लिगमा अब दुई चरणको खेल हुन बाँकी छ। सोही कारण वेस्ट ह्यामले आफुलाई प्रिमियर लिगमा सुरक्षित गरेको हो।

वेष्ट ह्यामका कप्तान मार्क नोबलले आफ्नो क्लब प्रिमियर लिगमा रहन योग्य रहेको बताएका छन्।

प्रकाशित मिति: : 2020-07-18 07:11:59

प्रतिकृया दिनुहोस्