९ खेलाडीमा सिमित नर्विचमाथि बर्नलीको सहज जित

एजेन्सी

काठमाडाैं

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बर्नलीले नर्विच सिटीलाई पराजित गरेको छ।

 घरेलु मैदानमा ९ खेलाडीमा सिमित नर्विच बर्नलीसँग २-० ले पराजित भएकाे हो।

 नर्विच पहिलो हाफमै ९ खेलाडीमा समेटिएको थियो। खेलको ३५ र ४५ औं मिनेटमा इमिलियानो बुन्डिया र जोसिप ड्रिमिकले रातो कार्ड पाएपछि नर्विच ९ खेलाडीमा समेटिएकाे हाे।

जसको फाइदा पहिलो हाफको इन्जुरी समयमा क्रिस उडले उठाए। उनले गोल गर्दै बर्नलीलाई १-० को अग्रता दिलाए।

त्यसपछि खेलको ८० औं मिनेटमा नर्विचका बेन गडफ्रेले आत्मघाती गोल गरेपछि बर्नली २-० ले विजयी भयो।

जितसँगै ५४ अंक जोडेको बर्नली लिगको नवौं स्थानमा उक्लिएको छ।

रेलिगेसनमा परिसकेको नर्विच २१ अंक जोडेर पुछारमा रहेको छ।

प्रकाशित मिति: : 2020-07-19 05:29:09

प्रतिकृया दिनुहोस्