कोरोना भाइरसविरुद्धको खोपसम्बन्धी जानकारी चोरेकाे छैनाैं: रुस

रुसले कोरोना भाइरसविरुद्धको खोप चाेर्न लागेकाे भन्दै सार्वजनिक भएकाे खवरहरुकाे खण्डन गरेकाे छ।

ब्रिटेनको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी)ले रुसी गुप्तचरहरुले कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयासमा रहेका संस्थाहरुलाई निशाना बनाइरहेको भन्दै सुरक्षित रहन चेतावनी दिएकाे थियाे।

तर बेलायतका लागि रुसी राजदूत आन्द्रेइ क्लेइनले रुसी गुप्तचर निकायले खोपका सम्बन्धमा भइरहेको अनुसन्धान चोरी गर्ने प्रयास नगरेको स्पष्ट पारेका हुन्।

राजदूत क्लेइनले ह्याकर प्रयोग गरेर खोप सम्बन्धी अनुसन्धानको जानकारी चोरी गर्न लागेको भन्ने आरोपमा कुनै सत्यता नरहेको बताएका हुन्।

गएको बिहीबार रुसी गुप्तचरहरुले  बेलायतको एनसिएससीसहित क्यानडाको कम्युनिकेशन सेक्युरिटी स्टाबिलिस्मेन्ट (सिएसई), अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) साइबर सेक्युरिटी इन्फ्रास्टक्छर सेक्युरिटी एजेन्सी (सिआइएसए), अमेरिकाको नेशनल सेक्युरिटी एजेन्सी (एनएसए) संस्थाहरुलाई निशाना बनाइरहेको सुरक्षा निकायले चेतावनी दिएका थिए।

बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एनसिएससी) ले खोप बनाउने अभियानका महत्वपूर्ण जनाकारी हासिल गर्न रुसी गुप्तचरले ह्याकरहरु परिचालन गरेकाे बताएकाे थियाे।

यता एनसीएससीका निर्देशक पल चिचेस्टरले पनि यसलाई घिनलाग्दो काम भन्दै रुसी गुप्तचरमाथि गैरजिम्मेवार अभिब्यक्ति दिएका थिए।

एनसिएससीले चेतावनी दिए पनि ह्याकरको निशानामा कुन संस्था रहेको वा अहिलेसम्म कुनै जानकारी चोरी गरिसकेका छन् या छैनन् भन्ने खुलाएको छैन। तर खोपको अनुसन्धानमा ह्याकरले रोकावट भने नल्याएको बताइएको छ।

एनसीएससीले देशको नाम लिए पनि ती देशका कुन–कुन संस्था ह्याकरको निशानामा छन् भनेर खुलाएको छैन। ह्याकरहरुले अहिलेसम्म कुनै सूचना चोरी गरिसके कि, गरिसकेका छैनन् भन्ने पनि खुलेको छैन।

प्रकाशित मिति: : 2020-07-19 07:11:16

प्रतिकृया दिनुहोस्