च्याम्पियन मड्रिड लिगको अन्तिम खेलमा जित बिहीन

एजेन्सी

काठमाडाैं

 स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा नयाँ च्याम्पियन रियल मड्रिड बराबरीमा रोकिएको छ।

अवे मैदानमा भएको सिजनको आफ्नो अन्तिम खेलमा मड्रिड लेगानेससँग २–२ को बराबरीमा रोकिएको हो।

मड्रिडले खेलमा दुईपटक लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बनेको हो। घरेलु टोली लेगानेसका ब्रयन गिल र रोजर एसालेले गोल गरे।

मड्रिडका कप्तान सर्जियो रामोस र मार्काे एसेन्सियाले गोल गरे। नवौँ मिनेटमा सर्जियो रामोसको गोलबाट रियल मड्रिडले अग्रता लिएको थियो।

लेगानेसका लागि गिलले पहिलो हाफको इन्जुरी समयका बराबरी गोल फर्काए। एसेन्सिओले ५२ औँ मिनेटमा गोल गरेर पुनः रियल मड्रिडलाई अग्रता दिलाए। तर ७८ औँ मिनेटमा एसालीले गोल गरेर लेगानेसलाई बराबरीमा ल्याए।

बराबरी गरे पनि लेगानेस रेलिगेशनबाट जोगिन सकेन। यो खेलमा जित निकालेको भए लेगानेस रेलिगेशनबाट जोगिने थियो।

गानेस सबै ३८ खेलबाट ३६ अंक जोडेर १८औं स्थानमा रहँदै दोस्रो डिभिजनमा घटुवा हुन पुग्यो। 

ला लिगाको यो सिजन सकिँदा लेगानेससँगै मालोर्का र स्पानियोल पनि रेलिगेशनका परेका छन्। उपाधि विजेता मड्रिडले यो सिजन लिगमा ८७ अंक बनायो। दोस्रो स्थानमा रहेको बार्सिलोना पाँच अंकले पछि रह्यो। 
 
बार्सिलोनाले ३८ खेलमा ८२ अंक जोडेकाे छ। 

अन्य नतिजाहरु

डिपोर्टिभो एलाभेसविरुद्ध बार्सिलोना (०–)

भाल्लाडोलिडविरुद्ध रियल बेटिस (२–०)

भिल्लारियलविरुद्ध एइबार (४–०)

एट्लेटिको म्याड्रिडविरुद्ध रियल सोसिडाड (१–१)

एस्पान्योलविरुद्ध सेल्टा (०–०)

ग्रानडाविरुद्ध एथ्लेटिक बिल्बाओ (–०)

लेभान्टेविरुद्ध गेटाफे (–०)

ओसासुनाविरुद्ध मालोर्का (२–२)

सेभिल्लाविरुद्ध भ्यालेन्सिया (–०)

प्रकाशित मिति: : 2020-07-20 06:59:44

प्रतिकृया दिनुहोस्