सरकारको विरोधमा भारतीय किसान ५०० बढी ट्रयाक्टर लिएर सडकमा उत्रिए 

कोरोना र चीनसँगको सीमा विवादमा घेरिएको भारत सरकारको समस्य थप बढ्ने संकेत देखिएको छ। पञ्जावको विभिन्न जिल्लाका किसानहरूले सोमबार भारतीय जनता पार्टी (बिजेपी) को केन्द्र शाषित सरकारविरूद्ध आन्दोलनको धम्की दिएका छन्। 

सयौंको संख्यामा निस्किएको जुलुसले किसानको आर्थिक अवस्थामा सुधार नआए चर्को आन्दोलन गर्ने बताएका छन्। सरकारलाई दबाव दिन सोमबार विभिन्न संगठनको नेतृत्वमा सयौंको संख्यामा किसानहरूले आफ्नो ट्रयाक्टर सडकमा लामो लाइन लगाएका थिए। 

उनीहरूले बजार संसोधनको तीनवटा कानुन, इन्धनको बढ्दो मूल्य र बिजुलीको बिल कम गर्ने सम्बन्धि कानुन ल्याउन दबाव दिएका थिए।

किसानको आन्दोलनका कारण राज्यमा ठूलो ट्राफिक जाम भएको थियो। लुधियानामा मात्र ८ किलोमिटरसम्म जाम लागेको थियो। 

केन्द्र सरकारविरूद्ध जालन्धर, होसियारपुर, तरनतारन, लुधियाना, सङ्गरुर, बठिंडा, बरनाला, मोगा, फिरोजपुर, फाजिल्का, मुक्तसर, मानसा र केही बाहिरी जिल्लामा पनि आन्दोलन भएको थियो। सबैतिर किसानहरू ट्रयाक्टर लिएर जुलुसमा निस्किएका थिए। उनीहरूले कन्द्र सरकारको नीतिविरूद्ध नाराबाजी गरेका थिए। 

लुधियानमा भारतीय किसान युनियन लक्खोवालको नेतृत्वमा ५ सय बढी किसान ट्रयाक्टरसँगै सडकमा ओर्लिएका थिए। 

उनीहरूले आफ्नो माग पुरा नभए २० दिनपछि संघर्षको चेतावनी दिएका छन्।

प्रकाशित मिति: : 2020-07-21 08:45:32

प्रतिकृया दिनुहोस्