६ तल्ला माथि झ्यालबाट खसेर ओलम्पिक खेलाडीको निधन

ओलम्पिक खेलाडी इकटेरिना एलेक्जेन्ड्रोभ्सकायाको ६ तल्ला माथिको झ्यालबाट खस्दा दुःखद निधन भएको छ। 

अस्ट्रेलियामा आयोजना भएको विन्टर ओलम्पिकमा सहभागी आइस स्केटर इकटेरिना २० वर्षकी थिइन। उनको मध्य मस्कोस्थित एउटा अपार्टमेन्टको ६ तल्ला माथिबाट खस्न पुग्दा निधन भएको हो। इकटेरिनाका प्रशिक्षक आन्द्रेयी खेकालोले यसको जानकारी दिएका हुन्। रुसी मिडियाले मर्नुअघि सुसाइड नोट ‘ल्युब्लु’ ( म तिमीलाई प्रेम गर्छु) लेखेर छोडेको बताएको थियो। 

प्रशिक्षकले छारे रोगको उपचारका कारण उनले गत जनवरीदेखि अभ्यास सत्र गुमाइरहेको बताए। छारे रोगबाट जाती भएपछि उनी डिप्रेसनमा गएको उनले बताए। रुसमा मौका नपाएपछि उनी अस्ट्रेलियाबाट खेल्न थालेकी थिइन। उनले अस्ट्रेलियाको पहिलो आदिवासी खेलाडीको रूपमा सन् २०१८ को विन्टर ओलम्पिक खेलेकी थिइन। हर्ले विन्डसरसँग मिलेर उनले विश्व जुनियर प्रतियोगिताको उपाधि पनि जितेकी थिइन, सन् २०१७ मा। 
विन्डसरले उनको निधनबाट आफू मर्माहत भएको बताएका छन्।

प्रकाशित मिति: : 2020-07-21 23:14:32

प्रतिकृया दिनुहोस्